१६ चैत, एजेन्सी

कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।

shatrughan sinha and rahul 6134096

भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उनीहरु बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।

राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।

पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गरेका छन् । उनि अहिले पनि भाजपाको सांसद हुन ।
“भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र काँग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उनले भने ।

उनले आफु पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए ।
उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए।

काँग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रुपमा सिंहले काम गर्ने बताए ।

सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए ।

सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।