भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ।

भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ।Kitchen room 142849

भान्साकोठामा के के गल्ती हुनु हुदैन, पढ्नुस्:

गल्ती १: भान्साकोठा भित्र मन्दिर हुनु

जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास गर्छ। परिवारका सदस्यमा रगत सम्बन्धि समस्या हुन सक्दछन्।

उपाय: मन्दिरलाई भान्साकोठाबाट हटाएर कतै अन्त स्थापित गर्नुस्।

गल्ती २: भान्साकोठा भित्र अन्न भण्डार हुनु
भान्साकोठा भित्र अन्न भण्डार हुँदा घरमालिकलाई नोकरी तथा व्यापारमा कठिनाइको सामान गर्नुपर्ने हुन्छ।

उपाय: यसबाट बच्नको लागि अन्न भण्डामा चाँदीका सिक्का राख्नुस्।

गल्ती ३: भान्छाकोठा र बाथरुम सीधा पर्नु
भान्छाकोठाको अगाडी बाथरुम भएको घरमा बस्नेको स्वास्थ्य ठिक हुँदेन। साथै कन्याको जीवन अशान्त रहने गर्छ।

उपाय: बाथरुममा कचौराभरी नुन राख्नुस् र समय-समयमा बदलीरहनुस्।

गल्ती ४:घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु

घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु हुँदैन। मुल गेटको सामुको भान्साकोठा घरका सदस्यको लागि अशुभ मानिन्छ।

उपाय: मुल ढोका र भान्छाकोठाको बीचमा पर्दा लगाउनुस्।

गल्ती ५:

यदि भान्छाकोठा संगै पानीको ट्याङ्की छ भने भाइहरुमा मतभेद रहने हुन्छ। घरमालिकलाई धन कमाउन समस्या आउने गर्छ।

उपाय: ट्याङ्की वा धारामा क्रिस्टल झुण्ड्याउनुस्।

गल्ती ६: भान्साकोठा मुल ढोकासंगै जोडिनु
यस्तो भएमा पति-पत्नी बीच बिनाकारण मतभेद पैसा हुन सक्छ।

उपाय: भान्साकोठाको ढोकामा रातो रंगको क्रिस्टल लगाउनुस्।

गल्ती ७: ननुहाई भान्सकोठा प्रवेश गर्नु
यस्तो गर्दा भान्साकोठामा नकारात्कम उर्जा आउँछ र घरका सदस्यामा चिढचिढापन र आलस्यता बढ्छ।

उपाय: ननुहाई भान्साकोठामा प्रवेश नगर्नुस्

गल्ती ८: भान्सामा आगो, पानीको सुविधा पर्याप्त नहुनु
यस्तो हुँदा घरका सदस्यको स्वास्थ्य र व्यापारमा नकारात्कम असर पर्छ।

उपाय: यसबाट बच्न भान्साकोठामा दैनिक चन्दनको अगरबत्ती बाल्नुस्।

गल्ती ९: भान्साकोठालाई घरको दक्षिण-पूर्वमा नबनाउनु
भान्सा घरको दक्षिण-पूर्व दिशामै बनाउनु पर्छ। यस्तो हुनु परिवारका सदस्यको लागि लाभकारी मानिन्छ।

उपाय: यस्तो नभएमा भान्साकोठमा माटोको कचौरामा क्रिस्टल राख्नुस्।

यो पनि पढ्नुस्।
वास्तु शास्त्र भन्छ- घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन
वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ