७ बैशाख, काठमाडौं । ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् ।

उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे ।

बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे ।

शुक्लाफाटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन् कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो ।

आजको कान्तिपुरमा खबर छ ।