७ असोज, एजेन्सी ।

उरी आक्रमणपछि तनाव उत्कर्षमा पुगेको बेला भारतले पाकिस्तानलाई घुँडा टेकाउन अनेक रणनीति अपनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले पाकिस्तानलाई झुकाउन रणनीतिक महत्वको कदम चाल्न लागेको संकेत गरेका छन् ।

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी

विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भारत र पाकिस्तानको रणनीतिक महत्वको जल सम्झौता भारतले तोड्न सक्ने संकेत गरेका हुन् । पाकिस्तानका लागि निक्कै महत्वपूर्ण मानिएको सिन्धु जल सम्झौता भारतले एकपक्षीयरुपमा तोडेमा पाकिस्तानलाई निक्कै ठूलो संकट आइलाग्ने छ ।

sindhu water trity

सन् १९६० भारत र पाकिस्तानबीच भएको सिन्धु जल सम्झौता अनुसार पाकिस्तानलाई भारतबाट बग्ने ६ नदीको पानी प्रयोग गर्ने सुविधा प्राप्त भएको थियो । यही सम्झौता अनुसार पाकिस्तानले भारतीय नदीहरुको पानीबाट विभिन्न परियोजना सञ्चालन गर्नुका साथै सिचाइ पनि गरिरहेको छ ।

चीनले पाकिस्तानलाई झट्का दिँदै दियो भारत खुसी हुने बयान

सिन्धु जल सम्झौताबाट भारत बाहिरिन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा विकाश स्वरुपले कुनै पनि सम्झौता एक पक्षीय सहयोगको भरमा चल्न नसक्ने भन्दै यस विषयमा भैरहेको तयारीबारे विवरण दिन अस्वीकार गरे । यो सम्झौताको प्रस्तावनामा नै यो आपसी सदभावमा आधारित रहेको भन्दै विकाश स्वरुपले भारतको मात्र सदभावले धेरै दिन चल्न नसक्ने संकेत गरेपछी भारत यो सम्झौताबाट बाहिरिने सम्भावना प्रवल रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

modi vs pakistan

ऐतिहासिक सिन्धु जल सम्झौतामा भारतका तत्कालीन प्रधानमन्त्री जवाहर लाल नेहरु र पाकिस्तानका आयुव खानले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार भारतका छ नदी- बीस, रावी, सतलज, सिन्धु, चेनाब र झेलमको पानी भारत र पाकिस्तानले संयुक्तरुपमा उपभोग गर्ने उल्लेख छ । पाकिस्तानको ठूलो जनसंख्याको प्यास बुझाउने यो पानी सम्बन्धी सम्झौता भारतले तोडेमा भारतमा पानीको संकट मात्र नभएर ठूलो पाकिस्तानी भूभाग मरुभूमिमा परिणत हुने दावी भारतीय मिडियाले गरेका छन् । त्यसैगरी पाकिस्तानमा विजुलीको पनि हाहाकार उत्पन्न हुन सक्छ । कतिपय अति राष्ट्रवादी विश्लेषकहरुले मोदी सरकारलाई पाकिस्तानसँगको सिन्धु सम्झौता तोडेर पाकिस्तानलाई मुखभरीको जवाफ दिनु पर्ने भन्दै उक्साइ रहेका छन् ।

२ मुस्लिम देश भारतको साथ दिँदै पाकिस्तान विरुद्ध उँभिए