८ असार, नयाँ दिल्ली । भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवार सम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि अर्थात् गत सोमबार नै घोषणा गरेको थियो ।

भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पाँच बर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो ।

भारतीय श्रोतले दिएको जानकारी अनुसार उम्मेदबारी दर्ता गरेका मध्ये कोहीपनि राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन् । उनीहरु सवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदबारी दिएका मध्ये दुई जनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएको जनाइएको छ ।

भारतीय जनता पार्टीले आफु नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आगामी राष्ट्रपतिका लागि ७१ बर्षीय रामनाथ कोभिन्डलाई गत सोमबार नै उम्मेदबार बनाएको थियो ।

कोभिन्ड दुई पटकसम्म सांसद भइसकेका छन भने अहिले पूर्वी राज्य विहारका गभर्नर हुन ।

यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति हुनु भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हाल्नु भएको थियो । कोभिन्ड निर्वाचित भए भने उनी भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ ।

भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तिमा ३५ बर्ष नाघेको हुनु पर्ने ब्यवस्था छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रिय र प्रदेश संसदका सांसदहरूले मतदान गर्ने व्यवस्था छ । रासस/सिन्ह्वा