सन् १९५० मा जब चीनले तीब्बत कब्जा गर्‍यो तब त्यसको प्रभाबले भारतलाई दिर्घकालीन समयसम्म प्रत्यक्ष असर पर्ने र भोलीका दिनमा नेपालसँग भारतका सिमा जोडिएका स्थानमा चीनको सोझो प्रभाब रहने ठानी तीब्बत कब्जा पछि चीनको शैनिक गतिबिधीलाई निष्तेज पार्न भारतले नेपालको स्थायित्वप्रति सोझो रुपमा चाख तीब्बत कब्जापछि नै बढाउँदै लग्ने क्रममा उसले एकपछि अर्को गदै सफलता हात पार्दै छ । चाहे राणासाशन को पतनमा राजासँग घाँटी जोडेर होस या त पंचायती ब्यबस्था या बहुदल होस या त एकदशक लामो जनयुद्ध को अवतरण, भारत आफना मिशनमा सफल हुँदै गैरहेको छ ।

राष्ट्रिय स्वाधिनता, जनगणतन्त्र शान्ति र समृद्धिका नाममा स्वर्गिय गिरिजा प्रसाद कोईरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शत्ता र्ईगोको कारण बिना कार्यदिशा र देशको भाबि रणनीतिक दृष्टिकोण बिना दिल्लीको उक्साहट र ज्ञानेन्द्रलाई ठेगान लगाउँने योजना मुताबिक प्रचण्डको सिंहदरबारको यात्रालाई बाह्र बुँदेका नाममा ओके गरिदिएका कारण नेपालमा एकदशक लामो जनयुद्ध शान्ति सम्झौताको नाममा शान्तिप्रक्रियामा आएको हो भने राजनीतिमा चतुँर खेलाडी गिरीजाप्रसाद कोईरालाले दिल्लीको ग्राण्ड डिजाईनमा सातदलीय मोर्चा कस्न सफल भयका पक्कै हुन् ।

arjun-baral

लेखकः अर्जुन बराल

जब माओबादी पार्टीले जनयुद्ध सुरु गर्दा चालीस सुत्रीय माग बुझने तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा एकदशक लामो हिंसात्मक युद्धमा तीनपटक देशको प्रधानमन्त्री भए, सत्तासमिकरण बदल्न जस्तोसुकै हतकडा अपनाउँन माहिर खेलाडी गिरिजा दुईपटक कृष्ण प्रसाद भट्टराई एक पटक भने सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द दुई,दुई पटक प्रधानमन्त्री हुँदा किन कोईरालाले माओबादी समस्या समाधानमा कुनै तदरुकता देखाउँन सकेनन् । जनतामाझ लोकप्रिय प्रधानमन्त्रीको छबि बनाएर नौ महिने शासन चलाएका मनमोहन अधिकारी पछि एमाले ले कुनै बोल्ड निर्णय माओबादी जनयुद्धकालमा गर्न सकेन भने जननेता मदन भण्डारी र मनमोहन अधिकारी ठिक तर जनताको बहुदलीय जनबाद मान्ने एमाले बेठिक भन्ने सुनियोजीत प्रोपोगान्डा लाई लोकतान्त्रीक गणतन्त्रपछि स्थापित खड्क प्रसाद ओली सरकारको भ्रुड आयुले केहि हदसँम्म चिर्न सकेनी राजाको हुकुमी शासनमा एमाले हुन्छ बाहेक केही भन्ने स्थानमा थिएन साथै माधब कुमार नेपालले तत्कालीन महासचिबका हैसियतले राजाको पाउँमा दाम चढाउँन बाहेक केहि गर्न सकेनन् ।

भारत नेपालको जस्तोसुकै रणनीतिमा पनि सफल हुँदै आईरहेको छ जसमा काग्रेसको एकतप्काले उसलाई सघाइरहन्छ भने भाबि समयमा काग्रेस पार्टीको नेतृत्व युवाशक्तिको हातमा पुग्न सक्ने र भारत आफनो मिशनबाट असफल हुँन सक्ने भाबी योजना बमोजीम बिजयकुमार गच्छदार,महन्त ठाकुर लगायत ह्रृदयेश त्रिपाठी, अशोक राई, उपेन्द्र यादबलाई आफनो पकडमा मद्देशका नाममा राजनीति गर्न लगार्ई आफनो स्थान सुरक्षित गदैछ जसलाई तत्काल भारत हटाउँन चाहन्न ।

हुँन त पण्डित जवाहरलाल नेहरुले भारत स्वतन्त्रता भएपश्चात भारतको प्रदेश बिभाजन गर्दा भनेका थिए, “हाम्रो यति बिशाल देशलाई स्वायत्तता सहितको संघियतको आबश्यक छैन तर भाषा र जातिय आधारमा राज्यको बिभाजन कुनै हालतमा हुँन सक्तैन,यदी भाषा र जातीय आधारमा राज्य बिभाजन गदै जाने हो भने देश चिरापर्ने क्रम कहिल्यै रोकिन्न ।” तर उनकै छोरी र्ईन्दिरा गान्धीले छिमेकीलार्ई छिमेकी नसम्झी सन् १९७१ मा पाकिस्तानीको भेषमा एकलाख भन्दा बढी भारतीयलाई लुङ्गी लगाई पाकिस्तान बिखण्डनका लागि पुर्र्र्बी पाकिस्तानमा शेख मुजीबुर रहमानको नेतृत्वमा लड्न पठाएर बंगलादेश बनाईय जसरी नेपाल बिखण्डनका नीम्ति नागरिकता बिबाद निकाली नेपाल बिभाजनको रणनीति भारत अख्तियार गदैछ भने काग्रेस पार्टीलार्ई संसदबाट जंगबहादुर र मातृका को बाटो नहिड्न चुनौति दिएको एकबर्ष नबित्दै त्यही कांग्रेस सँग घाँटीजोडी प्रचण्ड यु-टर्न हुनु दक्षिणपन्थिको लागि प्रचण्डपथ एक औजार सरह बनी नेपाली जनतामा परेको एन्टीईन्डियन सेन्टिमेन्ट कसरी हुन्छ प्रचण्डको माध्यम बाट बढाउन चाहन्छ ।

हुँन त क्रान्तिकारी आन्दोलन बिसर्जन गरि दलाल संसदीय ब्यबस्था मान्नाले दोस्रो संबिधान सभाको उपनिर्बाचनमा बाग्लुङ्गमा माओबादी पार्टीको जमानत नै जफत हुँन पुग्यो । तर भोलीका कुनै दिन देशका कति ठाँउबाट जमानत जफत हुनेहुँन् त्यसको माओबादीलाई एकरत्ति चिन्ता छैन ।

अन्तराष्ट्रिय, क्षेत्रीय, लगायत छिमेकी देशहरुको प्रभाबका कारण उदय भएको माओबादी पार्टी माओलाई बदनाम गरि पतनको संघारमा छ । नेतृत्वपंत्तिको मनमा अलि कुटिलता र कौशलताको चाँजोपाँजोको भ्रम,सिद्धान्त र बिचारमा बिश्रृंखलता, ब्यबहारमा सुन्यताको साथमा संक्रिण सोचमा बृद्धि, दिमागीखेलमा परधिनता,नशानशामा राजनीतिक अस्थिरतानै माओबादीको भन्नुपर्दा प्रचण्ड पार्र्टीको पहिचान हो जसले गर्दा लालध्वजलार्ई पुन बाबुराम हुँने मौका दियो एमालेलार्र्ई जनताको समर्र्थन दिलाउँन सेतुको काम गदैछ भने भारतलार्र्ई पहाड र मद्देशका नाममा बिभाजन गराउँने मौका दिएको छ जसले गर्र्र्दा काग्रेसले पुन एकपटक किलोसेरा टु प्रचण्डको काँधमा बसेर चलाउँन सफल पक्कै हुँनेछ ।

२००७ सालपछि निरकुंश पंचायतको केहि अबधि बाहेक कुनैपनि जननिर्बाचित सरकारले आफनो पुराकार्यकाल बिताउँन पाएका छैनन् भने ११ सिट रहेको तरार्र्ई मद्देश लोकतान्त्रीक पार्टी,१५ सीट रहेको संघीय समाजबादी फोरम नेपाल,६ सीटको सदभावना पार्र्र्र्टी र ३ सीट रहेको तराई मद्देश सदभावना पार्टीको निर्णायक मतका आधारमा चुनिएको प्रचण्डको नौमहिने कार्यकालपछिको अबस्था र भुमिका भोलीका दिनमा रुझेको बिरालो सरह हुनुबाँहेक केहि छैन ।

जोसेफ स्टालिनले आफनो देशमाथि हमला गर्न आउँने जर्मन शेनालाई बन्दी बनाय त्यसको प्रतिबादमा जर्मनले जोसेफका छोरा जेकब स्टालिनलाई बन्दी बनाइ सेना छाड्न लेनदेनको सौदाबाजीको प्रस्ताब गरेनी जोसेफले मलाई मेरो छोरो भन्दा देशको माया छ जसले गर्दा म जर्मन शेना छोड्न सत्तिन भन्ने दह्रो अडानका कारण जेकबले सन् १९४३ मा जर्मनको जेलमा सडेर मर्नु परेको यथार्थ हो भने दशबर्ष जनयुद्ध लडेको भरमा स्टालिनले बहुदलीय ब्यबस्था लागु नगरेर शोभियत संघमा ठुलो भुल गरेको बताउँने प्रचण्ड आफनो धरातल बिर्सीदै छन् ।

आज हेरौ न ब्राजिल र टर्कि राष्ट्रपति शत्तिशाली दुई बिशाल ढुङ्गाका बीच रहेर पनि चलाखीपुर्वक देशको बिकाश गरिरहेका छन् हुँन त देश बनाउँन एउटा ढृढ संकल्प चाहिन्छ । तर प्रचण्ड पहिलो प्रधानमन्त्रीकाल सेनापति प्रकरणबाट भारतको योजनामुताबिक चिप्लियपछि भारतको एसम्यान र जुठो नखाँदा सम्म आफु कुर्चिमा टिक्न नसक्ने सोचबमोजिम उसको गाथा गाउँदै छन् । जब देशमा माओबादी निमूल पार्नका लागि सैन्य गतिबिधि सरकारले बढायो तब आफनो शत्ति क्षतबिक्षत हुँने आँकलनका साथ भारतको साथबिना जनयुद्धले गति लिन नसक्ने योजना मुताबिक प्रचण्ड र लालध्वजले भारतीयहित प्रतिकुल केहि नगर्ने लिखिन प्रतिबद्धता भारतीय प्र्रधानमन्त्री कार्यालयमा २०५९ सालमा बुझाएसँगै माओबादी जती उफ्रिएपनि थेचारिनुको बिकल्प छैन भने बैद्य र बिप्लबहरु यसलाई नजिकबाट नियाली पर्ख र हेर बाहेक अर्को रणनीतिमा छैनन् ।

बराल पत्रकार महासंघ कोरिया शाखाका निवर्तमान सहसचिव हुन्