१५ वैशाख, नयाँदिल्ली ।
भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ ।

उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परीक्षण गरिएको भारतीय श्रोतले जनाएको हो ।

सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो । अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको श्रोतले बताएको छ ।

राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । यसको तीन हजार किलोमिटर सम्म १.५ टन वजन बोक्न सक्ने क्षमता रहेको छ ।

अग्नी द्वितीयको क्रमानुयायीका रूपमा विकास गरिएको अग्नी तृतीयमा अत्याधुनिक एवम् परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणाली लगायत यात्राका समय पछिल्लो समय विकास भएको कम्प्यूटर प्रणालीको प्रयोग गरिएको बताइएको छ ।