५ असोज, एजेन्सी । भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ ।

उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको थियो ।

सानतानु भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार सङ्कलन गरेका थिए ।

सोही क्रममा उनको कुटेर हत्या गरिएको थियो । समाचार सङ्कलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए ।

यस इालाकामा जारी द्वन्द्वकोक्रममा एक दर्जन भन्दा बढी प्रहरी अधिकारी पनि घाइते भएका प्रहरी निरीक्षक अभिजित सप्तारसीले बताएका छन ।

द्वन्द्व जारी रहेको इलाकामा ती पत्रकारको शव भेटिएको अभिजितले त्रिपुराबाट एएफपी समाचार समितिलाई बताएका छन ।

हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ ।