१४ फागुन, बैतडी । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताए । उनका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।

मृतक कुँवर दुई दिन अगाडि मात्रै बिहेमा काम गर्न भनी भारत गएको प्रहरीले बताएको छ ।