काठमाडौं, ४ चैत । भारतको पिथौरागढमा मजदुरीका लागि गएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ बर्षिय गणेश पुजारा रहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेश दत्त अबस्थीले काम गर्दै गरेका बेला पुजारालाई करेन्ट लाग्दा मृत्यु भएको बताए ।

भारतको पिथौरागढका प्रहरीले पुजाराको करेन्ट लागेर मृत्यु भएको खवर दिएका हुन् । मृतकको शव पिथौरागढको सरकारी अस्पतालमा राखिएको बताईएको छ ।