एजेन्सी । भारतको राजस्थानमा बच्चा जन्माउन अस्पताल पुगेका महिलाहरुको प्रसव पीडा भुलाउन नयाँ उपाय अपनाउन थालिएको छ ।

सुत्केरी हुने बेलामा महिलालाई हुने पीडाबाट गर्भवती महिलाको ध्यान अन्तै मोड्न अस्पतालहरुले प्रसुती वार्डमा म्युजिक सिस्टम जडान गरेका भारतीय संचारमाध्यमले उल्लेख गरेको छ राजस्थानमा स्वास्थ्य विभागले राजसमंद जिल्लाबाट यो सिस्टमको थालनी गरेको छ, जहाँ खमनोर स्थित सामुदायिक स्वास्थ्य केन्द्रको प्रसव वार्डमा म्यूजिक सिस्टम जोडिएको छ ।

सोही जिल्लाका अन्य ३७ वटा अस्पतालहरुले पनि यो सुविधाका लागि तयारी सुरु गरेको जागरण डट कमले उल्लेख गरेको छ । विभागले म्यूजिक सिस्टम जडान गरी सानो आवाजमा सुमधुर गित बजाउदा प्रसव पिडा खेपीरहेका महिलाको ध्यान उक्त गितपट्टी केन्द्रित हुने र त्यसले प्रसव पिडा भुलाउन सहयोग गर्ने दाबी गरेको छ ।

अहिले खमनोर सामुदायिक स्वास्थ्य केन्द्रका प्रसुती वार्डमा सानो आवाजमा गीतको धून बजाउने गरिन्छ । चिकित्सकहरुले पनि यसबाट प्रसव पीडा खेपिरहेका महिलालाई मानसिक रुपमा राहत पुग्ने दाबी गरेका छन् । यद्धपी म्यूजिक सिस्टम चलाउँदा त्यसको आवाजमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । ठुलो आवाज हानिकारक पनि हुनसक्छ ।