९ जेठ, काठमाडौं।

भारतीय लोकसभा चुनावको मत गणना जारी रहेको छ। बिहिबार विहान देखी जारी मदतानमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) सहितको गठबन्धन (एनडिए)ले बहुमत भन्दा बढि स्थानमा अग्रता बनाएको छ

भारतको ५४२ सिटको लोकसभामा बुहुमत लागि २७२ सिट हासिल गर्नु पर्छ तर ताजा स्थितिमा भाजपा सहितको गठबन्धनले ३४० स्थानमा अग्रता लिइरहेको छ।

यसैगरि राहुल गान्धी नेतृत्वको कांग्रेस आईले १०४ सिटमा अग्रता लिइरहेको छ।

यस अग्रतालाई आधार मान्दा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को कार्यकालमा बहुमतको सरकार चलाउने करिब निश्चित भएको छ। जारी रहेको मतगणनाको नतिजाले नरेन्द्र मोदीको लोकप्रियतामा खासै नघटेको देखाएको छ।

मतदान पछिको एक्जिट पोलले समेत भाजपा सहितको गठबन्धलनले बहुमत ल्याउने संकेत गरेको थियो।

मोदीले गरे इन्दिरा गान्धीको बराबरी, नेरु भन्दा एक कदम पछाडी

जारी मतदानमा बहुमत प्राप्त गरेसंगै प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस आईकी इन्दिरा गान्धीलाई भेट्टाउने छन् । मोदी गान्धी जस्तै दुइ पटक बहुमतको सरकार चलाउने प्रधानमन्त्री बन्नेछन् ।इन्दिरा गान्धीले सन १९६७ र १९७१ मा पुर्ण बहुमतको सरकार बनाएकी थिइन्।

मोदी अझै अर्का भारतीय प्रधानमन्त्री जवहारलाल नेरु भन्दा भने पछाडी नै हुनेछन्।नेरुले तीनपटक सन १९५२, १९५७ र १९६२ मा गरि ३ पटक पुर्ण बहुमतको सरकार चलाएका थिए्।