२० असोज, नयाँदिल्ली । भारतको राष्ट्रिय निर्वाचन आयोगले आउदो बर्ष सन् २०१८ मा राज्य सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन एकैपटक गर्न तयार रहेको बताएको छ ।

“हामी तोकिएकै समयमा सन् २०१८ को सेक्टेम्बरमा एकसाथ निर्वाचन गराउन व्यवस्थाकीय हिसावले तयार छौं, यसका लागि अव सरकारको तर्फबाट निर्णय आउन र कानुनी व्यवस्था गर्न आवश्यक छ,” आयोगका आयुक्त ओ.पी. राउतले पत्रकारहरुसँग भने ।

आयोगका उच्च अधिकारीहरुले अर्को बर्ष निर्वाचन गर्नका लागि आयोगले विद्युतीय मतदान यन्त्र तयार पार्न लगाईसकेको जानकारी दिए । उनका अनुसार अर्को बर्ष सम्ममा तयार हुनेगरी काम भइरहेको छ । हामीसँग जति मतदाता हुन्छन्, ती सवैको सम्पूर्ण विवरण सन् २०१८ को सेप्टेम्बर २ सम्ममा हामीले रुजु गरेर सक्नेछौं, उनले भने ।

भारतमा आउदो सन् २०१९ सम्ममा आम निर्वाचन गरिसक्नु पर्ने अवस्था रहेको छ । तर सवै राज्यहरुमा त्यही बर्ष नै निर्वाचन गराउनु पर्ने तालिका भने छैन । भारतमा हरेक पाँच पाँच बर्षमा निर्वाचन हुने गर्दछ ।