९ माघ, एजेन्सी । भारतको आन्ध्रप्रदेशमा मध्यरातमा भएको रेल दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । रेल लिकबाट तल झरेकाले दुर्घटना भएको बताइएको छ । 
आन्ध्र प्रदेशको विजयनगरम् जिल्लाको कुनेरी स्टेशन नजिकै रेलका ८ डिब्बा लिकबाट झरेको बताइएको छ । त्यहाँका प्रहरी अधिकारीलाई उद्दृत गर्दै समाचार एजेन्सीहरूले जनाएअनुसा। मृतकको संख्या अझै वढ्न सक्छ ।

अहिलेसम्म पुष्टि भएका मात्र २३ हुन् । दुर्घटनामा परेकाको अझै उद्धार कार्य जारी रहेकाले घाइते र थप मृतकको एकिन हुन नसकेको बताइएको छ । यो हीराखण्ड एक्सप्रेस जगदलपुरबाट भूवनेश्वरी गइरहेको थियो ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले आफू दुर्घटनाको खबरले मर्माहत भएको बताउँदै यसको पुरा जाँच गरिने ट्वीटमार्फत बताएका छन् । दुर्घटना भएको क्षेत्र माओवादीको गढ मानिन्छ ।