काठमाडौं, ९ जेठ । भारतमा सम्पन्न लोकसभा चुनावको मतगणतना चलिरहेको छ । कूल ५ सय ४२ सिटमध्य १ सय ५० सिटको अन्तिम नतिजा आइसकेको छ ।

जसमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले १०८ सिटमा जित हात पारेको छ । काँग्रेसले ३१ सिट जित्दा अन्य दलले ६ सिट जितेका छन् । तृणमुल काँग्रेसले ३ र बहुजन समाजवादी पार्टी र समाजवादी पार्टीले २ सिट जितेका छन्

मतगणना चलिरहेका स्थानमध्ये भाजपा २ सय ४१ स्थानमा अगाडि हुँदा काँग्रेस ५५ स्थानमा अगाडि छ । अन्य दलले ५९ ठाउँमा अग्रता बनाएका छन् ।