काठमाडौं, ९ जेठ । भारतमा सम्पन्न लोकसभा चुनावको मतगणतना चलिरहेको छ । कूल ५ सय ४२ सिटमध्ये ४२ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले ३० सिटमा जित हात पारेको छ । काँग्रेसले ८ सिट जित्दा अन्य दलले २ सिट जितेका छन् ।
मतगणना चलिरहेका ५ सय स्थानमध्ये ३ सय १८ स्थानमा भाजपा अगाडि रहेको छ भने काँग्रेस ७६ स्थानमा अगाडि रहेको छ । अन्य दलले ६० ठाउँमा अग्रता बनाएका छन् ।