१९ साउन, नयाँदिल्ली ।

भारतको नागाल्याण्डमा ६ दशकदेखि सशस्त्र संघर्ष गर्दै आएको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता भएको छ । उत्तर पूर्वी नागाल्याण्ड राज्यको पृथकतावादी समूह नेसनल सोसलिष्ट काउन्सिल अफ नागाल्याण्ड र सरकारबीच शान्ति सम्झौता भएको हो ।

सम्झौताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सोमबार भएको सम्झौतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक उपलब्धी भनेका छन् । नागाल्याण्डमा बसोबास गर्ने झण्डै २० लाख नागा जातीको अलग्गै राज्य माग गर्दै उक्त समूहले झण्डै ६ दशकदेखि ससस्त्र संघर्ष गर्दै आएको थियो ।

modi speech

भारतको इतिहासकै लामो विद्रोह अन्त्य भएसँगै अन्य सशस्त्र समूहहरुसँग पनि वार्ताको ढोका खुलेको छ । भारतको नागाल्याण्डसँगै अरुणाचल, आसाम र मणिपुर प्रदेशमा नागा जाती बसोबास गर्दै आएका छन् ।