जब भारतले नेपालमा माथि अघोषित नाकाबन्दी थोपर्यो, यसका पछाडीका भारतीय स्वार्थहरु बुझ्न सकिन्थ्यो। नेपालमा रहेको ग्रिप अझै कस्ने र निर्णायक शक्तिका रुपमा नेपालमा खेलिरहने उनको चाहना लुकेको थिएन। तर नाकाबन्दी नै गरिहाल्नु पर्ने स्थिती किन त ? ब्याकग्राउण्डमा चलिरहेका घट्नाक्रम नियाँल्दा यसको थोरबहुत जवाफ पाउन सकिन्छ । जोड गरेर अध्ययन गर्दा भारतका नेपाल स्वार्थका पत्रहरु खुल्दछन्।

[quote_box_left]

लेखक

सचित देवकोटा

sachit devkota new

[/quote_box_left]

भारतीय बुद्धिजिवी र लेखकहरुले नै भनेका छन्, भारतीय सरकार खासगरि सत्तारुढ दल भाजपा नेपाललाई हिन्दु राष्ट्र बनाउन मरिहत्ते गरेर लागेको थियो। तर अनेक चाहना र जोडका बाबजुत भारतलाई हिन्दु राष्ट्रमा सफलता हासिल हुन सकेन।

मधेसी आन्दोलनमा अलिकति उप्केरा लगाए पछी भारत नेपालको संविधानलाई जारी हुन बाट केही समय रोक्न चाहन्थ्यो। त्यसैले भारतीय प्रधानमन्त्री मोदीले विशेष दुतनै पठाए। तर खासगरि हालका प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले एस शंकरलाई राम्रै जवाफ सहित फर्काए।

मोदीको इगो हर्ट हुने गरि भएको घट्नाक्रमलाई भारतले सामान्य तरिकाले पचाउन सकेन। त्यसपछि विदेश मन्त्रालयबाट आएका सिलसिलेवार विज्ञप्तीहरुले पनि यसको पुष्टी गरे। तर भारतीय स्वार्थमा कुन हदसम्म धक्का लागेको रहेछ भन्ने कुरा भने अघोषित नाकाबन्दीपछि मात्रै नेपालीले बुझे।

अघोषित नाकाबन्दीपछि नेपाल भएर भारतमा बग्ने नदिहरुमा धेरै पानी बगिसकेको छ। महिनौसम्म पनि नेपालले नाकाबन्दी पचाएकै छ। दुख सुखमा नेपाली राजनीतिले आत्मस्वाभिमानको बाटो समात्ला र विस्तारै अर्थतन्त्रले पनि त्यसैलाई पछ्याउला भन्नेहरु कम छैनन्।

चिनिया इन्धन नेपाल आएपछि बेलायती पत्रिका डेली मेल लेख्छ- भारत कराउँछ, चीनले काम गर्छ

नेपालका चिन्ताहरु बुझिने किसिमका छन्। नेपाललाई तत्कालै पेट्रोलियम पदार्थको सहज आपुर्ती गर्नुछ। त्यसका लागि चीनसंगको नाकाबाट पहल चलेकै छ । एक दुई खेप चिनियाँ अनुदानको तेल नेपाल भित्रिपनि सकेको छ। चीनबाट दीर्घकालसम्म पेट्रोलियम पदार्थ भित्रयाउने पहल जारी छ। यसबाहेक मधेशी आन्दोलनलाई राष्ट्रियता ध्यानमा राखेर सम्वोधन गर्नु नेपालको अर्को चुनौती हो। त्यस बाहेक पनि नेपालका तत्कालका चुनौती छन्। दुबै छिमेकीलाई एउटा ठाउँमा राखेर स्वभाविमान कायम राख्दै अर्थतन्त्रलाई परजिवी बन्नबाट रोक्ने प्रस्थान बिन्दु खोजेर कार्यान्वयन गर्न थाल्नु प्राथमिकताको विषय हो।

कमल थापाको बोलिले भारत तरंगित, राष्ट्रसंघमै बदला लिन खोज्यो (भिडियो सहित)

नाकाबन्दी लम्विदै जाँदा चुनौती र चिन्ताहरु भारततिर पनि थपिने क्रम जारी छ। परराष्ट्रमन्त्रि कमल थापाले जेनेभामा आयोजित संयुक्तराष्ट्रसंघको मानवअधिकार परिषदको बैठकमा यस विषयमा कुरा राखे। भलै उनले नाम लिएनन तर भारतले नेपालको विरुद्धमा पहिलो पटक अन्तराष्ट्रिय फोरममा बोल्यो। जानेर नजानेर यो विषय अन्तराष्ट्रियकरण भयो। नेपालले अन्तराष्ट्रियकरण गर्न हिच्किचाइ रहेको नाकाबन्दीको विषयलाई भारतको आरोपले दुनियाँले बुझ्ने गरेर अगाडी ल्याइदियो। भारतीय चिन्ताले यहिनेर आकार ग्रहण गरिसकेको हुनु पर्छ।

तर भारतले नाकाबन्दीबाट अपेक्षा गरे भन्दा भिन्दै परिस्थिती निर्माण हुँदै गरेको भने सायद ढिलो गरेर बुझ्यो। त्यो हो चीनको सक्रियता। नेपालमा सामान्य चिनियाँ हलचलबाट पनि चिन्तामा पर्ने गरेको भारतको लागि चीनको नेपाल सक्रियता कुन स्तरमा बिझाउन थालेको छ उल्लेख नै गर्नु पर्दैन् । साउथ ब्लकका थिंक ट्याङकहरुको बोली र भारतीय मिडियाहरुको कभरेजबाटै सहजै अनुमान गर्न सकिन्छ।

चीन र नेपालबीच थप नाका खोल्ने सहमति भएपछि भारतीय मिडियामा तरंग

अब भारतको चिन्ताको विषय अर्कै हुन थालेको छ। अबका केही समयमा भारतीय चिन्ताको पारो संभवत नेपालबाट हटेर चिनियाँ सक्रियतातर्फ ज्यादा केन्द्रिय हुन सक्ने भारतलाई बुझेका विश्लेषकहरु बताउँछन्। भारतमै पनि मोदीको नेपालका नीतिका आलोचकहरु बढिरहेका बेला भारतले फरक बाटो अबलम्बन नगर्ला भन्न सकिन्न। तर एउटा कुरा ढुक्कसाथ के भन्न सकिन्छ भने अब भारतका चिन्तका कारण अब अरु पनि बढ्दैछन्। भारतसंग लामो खुल्ला सिमाना भएको नेपालमा चिनियाँ प्रभाव बढ्नुलाई भारतले सुरक्षासंग जोडेर हेर्न गरेको छ।

यो पनि पढ्नुस्।

उपप्रधानमन्त्री केसी माथी खनियो भारत

शाहरुखले पछारे मोदीलाई

घाँटी अँठ्याउने कस्तो मित्रता ?: प्रधानमन्त्री ओली