१३ भदौ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बलुचिस्तानबारे दिएको अभिब्यक्तिले चीन रुष्ट भएको छ ।

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

चीनले आर्थिक सहयोगको प्याकेज घोषणा गरेको क्षेत्रमा भारतले दख्खल दिन खोजेपछि चीन रिसाएको हो ।

China Pakistan relation

चीनका एक बरिष्ठ विशेषज्ञले पाकिस्तानलाई चीनले दिएको सहयोगमा भारतले भाँजो हाल्न खोजे दुई देश मिलेर संयुक्त कदम चाल्ने चेतावनी दिएका हुन् । चीनले बलुचिस्तान केन्द्र भएको पाकिस्तान आर्थिक करिडोरका लागि ४६ अर्व अमेरिकी डलर लगानी गरेको छ । यो सहयोग प्याकेजमा भारतबाट अवरोध भएमा मिलेर कदम चाल्ने चीन र पाकिस्तानको तयारी छ ।

भारतलाई चीनको चेतावनी- निहुँ नखोज, राम्रो हुँदैन

दक्षिण एशिया विशेषज्ञ हू शिशेङले भारतीय सञ्चार माध्यम पिटीआइसँग कुरा गर्दै पाकिस्तान चीन सम्बन्धमा भाँजो हाल्ने काम भारतले गर्न नहुने सुझाएका छन् ।

भारतीय स्वत्नत्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलुचिस्तानमा मानव अधिकारको खराव अवस्थाबारे चिन्ता ब्यक्त गरेका थिए । चीनले लगानी बढाएको क्षेत्रको नकारात्मक मुद्धा उचाल्न खोजेको भन्दै चीन भारतसँग रिसाएको छ ।

मोदीको बोलीले चीन भारत सम्बन्धमा समेत नकारात्मक असर पर्ने चेतावनी चिनियाँ विश्लेषकले दिएका छन् ।