एजेन्सी । भारतले आज एउटा महत्वपूर्ण रकेट प्रक्षेपण गरेको छ । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो)ले ध्रुवीय उपग्रह प्रक्षेपण यान पीएसएलभी सी ३५ प्रक्षेपण गरेको हो ।

rocket launch india

यो रकेटले सात वटा स्याटेलाइट बोकेर अन्तरिक्षमा गएको छ । जसमा भारतका २, अमेरिका, र क्यानडाको एक एक र अल्जेरियाका तीन वटा छन् । स्थानीय समय अनुसार विहान ९ बजेर १२ मिनेटमा यसको प्रक्षेपण गरिएको हो । यसका सात विशेषता यसप्रकार छन् ।
१) भारतले यो रकेटमा राखेर सातवटा उपग्रह वा स्याटेलाइट अन्तरिक्षमा पठाएको छ ।
२) अन्तरिक्षमा भारतले आफ्नो र विदेशी स्याटेलाईट पठाइरहेको छ अब यसबाट हुने कूल आम्दानी १२ करोड डलर पुगेको छ ।
३) रकेट प्रक्षेपण यसअर्थमा महत्वपूर्ण छ कि धेरै जसो देशले एउटै कक्षमा आफ्नो उपग्रह पठाउँछन् तर भारतले यसपटक दुई कक्षमा पठाएको छ । युरोपेली अन्तरिक्ष एजेन्सीले केही समय अघि यस्तै मिशन पूरा गरेको थियो ।
४) दुई घण्टा भन्दा लामो समयसम्मको रकेट उडान अहिलेसम्मकै लामो भएको दाबी गरिएको छ ।
५) रकेटले बोकेर गएको सातवटा उपग्रहको तौल ६ सय ७५ किलोग्राम छ ।
६) यस रकेटमा मौसमको भविष्यवाणी गर्न सक्ने स्काटेरोमिटर स्याटेलाइट (स्क्याट स्याट–वान ) पनि संलग्न रहेको भारतीय संचार माध्यामले जनाएको छ । जसको सहायताले भारतलाई बर्षा तथा सामुन्द्रिक आँधीको पूर्वानुमान गर्न सहज हुनेछ ।
७) रकेट निर्माणका लागि १ सय २० करोड रुपैयाँ खर्च भएको बताइएको छ ।