२९ बैशाख, भक्तपुर ।

नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानिय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहे सम्म निर्वाचन असम्भव रहेको बताएका छन् ।

प्रचण्डले संसदमा भने- यस्तै हो भने देश दुर्घटनामा जान्छ

बुधबार भुक्तपुरमा आयोजित साक्षतकारमा नेता विजुक्छेले स्थानीय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरेको आरोप लगाउँदै भारतले नचाहेसम्म स्थानिय निकायको निर्वाचन असम्भब रहेको बताएका हुन् ।

Narayan Man Bijukchhe

भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल सरकारको निर्णय भन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलकै कारण उनलाई फिर्ता बोलाईएको भन्दै सरकारले उनलाई फिर्ता बोलाएर सहि काम गरेको उनले बताए ।

चीनको सल्लाहमा प्रचण्डको यू-टर्न- हिन्दुस्तान टाइम्स

सरकारले ल्याएको नीति तथा कार्यक्रममा शोकेशमा राखेको मिठाई जस्तै भएको भन्दै बिजुक्छेंले नीति तथा कार्यक्रममा लागू गर्न सके राम्रो नसके शोकेशकै मिठाई हुने बताए ।

नेपाल र भारतको तलब खाएर भारतले राखेका झन्डै २२ हजार कर्मचारीलाई सरकारले कुनै बहानामा छोएमा सरकार परिवर्तनको खेल सुरु हुने भन्दै उनले भने भयो नेपाल आयल निगमका महानिर्देशक, प्राधिकरणक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पहिचान गरेर कारवाहि गर्नु पर्छ ।

एमाओबादी , काँग्रेस र मधेशबादी दलहरुले सरकार परिवर्तनको बिषय आफूले उठान नगरेको भन्दै उनले भने भयो बिभिन्न स्थानमा ठूलो आर्थिक कमिशनको खेल सुरु भएको र त्यसको प्रत्यक्ष लाभ भारतलाई हुने भएकाले उनीहरु गोट्टीको रुपमा प्रस्तुत भएका हुन् ।

एमाले र एमाओबादी बीच भएको नौ बुदे सहमती उनीहरुको राजनीतिक सहमती भएको र यसले संबैधानिक मान्यता नपाएकाले आफ्नो यसमा कुनै सहमती नरहेको उनले प्रष्ट पारे ।

सरकारले बिकास बजेटका नाममा आफ्ना कार्यकर्ता र ठकेदारलाई पोषण गर्ने परम्पराका अन्त्य गर्दै बिकास बजेटको सदुपयोग गर्न सरकारले कडा नियम बनाउनु पर्नेमा उनले जोड दिए ।

उत्तर तर्फको नाकाको बिस्तारमा नेपाल सरकारले बिगतमा आवाज उठाएता पनि भारतको हस्तक्षेपकै कारण फेरी सुस्त गति लिएको भन्दै उनले उत्तर तर्फको सम्बन्ध बिस्तारले नेपाल र नेपालीको हित हुने बताए ।