७ असोज, एजेन्सी ।

शुक्रबार भारतले फ्रान्ससँग रफाल लडाकु विमान खरिद गर्नका लागि सम्झौतामा हस्ताक्षर गर्दैछ । भारतले फ्रान्सबाट ३६ लडाकु विमान खरिद गर्दैछ । ६ अन्तराष्ट्रिय कम्पनीबाट फ्रान्सको रफाललाई छान्दै भारतले शक्तिशाली लडाकु विमान खरिद गर्न लागेको हो ।

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी

भारत र पाकिस्तानबीच युद्धको कालो बादल मडारिरहेको समयमा भारतले शक्तिशाली लडाकु विमान खरिदको सम्झौता गर्न लागेको हो ।

India France

विश्लेषकहरुले भारतलाई यति विमानले पनि नपुग्ने तर्क गरेका छन् । शुरुमा १२६ विमान किन्ने चर्चा चलेपनि अन्त्यमा आएर १०८ विमान भारतको बंगलोरमै एसेम्बल हुने गरी ल्याउने भनिएपनि अन्त्यमा आएर भारतले केवल ३६ विमान ल्याउने भएको हो ।

के छ यो विमानको क्षमता ?

भारतले खरिद गर्न लागेको लडाकु विमान संसारकै अत्याधुनिक लडाकु विमानमा पर्छ । यसमा परमाणु मिसाइल आक्रमण गर्ने क्षमता छ । संसारका सबैभन्दा सुविधाजनक लडाकु विमानमा पर्ने रफालमा राखेर एकातिरबाट डेढ सय किलोमिटर र अर्कोतिरबाट तीनसय किलोमिटर दुरीमा मिसाइलबाट मार हान्न सकिन्छ ।

Rafale Fighter Jet 4

इस्लामाबादको आकाशमा लडाकु जेटः पाकिस्तानले दियो अनौठो जवाफ

Rafale Fighter Jet 2 भारतका प्रतिद्वन्दी देश मानिने पाकिस्तानसँग मात्र होइन यति शक्तिशाली लडाकु विमान चीनसँग समेत छैन । भारतीय सेनासँग हुने यो रफाल विमान मिराज २००० को एडभान्स भर्सन हो । यस अघि भारतीय सेनासँग ५१ वटा मिराज २००० भर्सनका लडाकु विमान छन् । यो विमान खरिद गरेपछि भारतको सैनिक क्षमता गुणात्मकरुपमा बढ्ने छ ।

Rafale Fighter Jet 1

भारतलाई फ्रान्सेली कम्पनीले थप १८ विमान खरिद गर्दा पनि ३६ वटा विमानकै दरमा दिने क्लज राखेर सम्झौता गर्न सहमत भएको छ । फ्रान्स सरकार र भारत सरकारबीच हुन लागेको यो सम्झौतामा कम्पनीले विमान आपुर्तिकर्ताको काम गर्नेछ ।

भारतले शुरुमा यसका लागि भारु ६० हजार करोड फ्रान्सेली कम्पनीलाई दिने छ । आगामी ३ वर्ष भित्र भारतका लागि पहिलो खेपको लडाकु विमान आइपुग्ने छ ।

Rafale Fighter Jet 3

कतिपय विश्लेषकले भारतको यो कदमले दक्षिण एसियामा हतियारको होड बढ्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)