एजेन्सी । भारतलाई परमाणु उर्जा आपूर्तीकर्ता समूह (एनएसजी)को सदस्यता दिने विषयमा चीनले फेरि विरोध गरेको छ ।

670-jinping-meets-new_148

चीनले अमेरिकासँग भनेको छ, ‘यदि कुनै देशले परमाणु अप्रसार सन्धीमा हस्ताक्षर गरेको छैन भने उसलाई फेयरवेल गिफ्ट जसरी न्यूक्लियर सप्लायर्स ग्रुप एनएसजीको सदस्यता दिन सकिँदैन ।’ ओबामा प्रशासनले भारतलाई सदस्यता दिन चीनले रोक्ने प्रयास गरेको भन्ने भनाई सार्वजनिक गरेपछि चीनको यस्तो जवाफ आएको हो ।

‘यस विषयमा चीनले आफ्नो धारणा स्पष्ट पारिसकेको छ, दोहोर्याउनुपर्ने आवश्यकता छैन, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङ्गले भने, एनएसजीको सदस्यता फेयरवेल गिफ्ट होइन जुन कुनै देशले अर्काे देशलाई सजिलै दिने ।’ भारत परमाणु उर्जाको माग पुरा गर्न, परमाणु प्रविधि भित्र्याउन र परमाणु प्लान्टका फोहर बिसर्जन गर्न सहयोग पुग्ने अपेक्षाले एनएसजीको सदस्यता लिन चाहेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

चीन भारतसँगै पाकिस्तानलाई पनि एनएसजीमा प्रवेश गराउन चाहन्छ । चीनले भारतलाई सदस्यताका लागि फेरि आवेदन दिन सुझाव दिँदै त्यसपछि छलफलबाट टुंगोमा पुग्न सकिने बताएको छ । परमाणु उर्जा आपूर्ती समूहमा हाल ४८ देश सदस्य छन् । यसमा सदस्यता दिनका लागि सबै सदस्य राष्ट्रले समर्थन गर्नुपर्छ । एनएसजीको बैठक प्रत्येक बर्ष बस्ने गरेको छ ।