२९ वैशाख, एजेन्सी ।

क्यानडियन पप स्टार जस्टिन विवर कन्सर्टको लागी मुम्बई पुग्नुअघि र पुगेपछि पुरै भारत निकै तातेको थियो । बुधवार १० मे का दिन मुम्बई के डि वाई स्टेडियम पुगेका जस्टिनले आफ्ना २० वटा गितको लागी ९० मिनेटसम्म लाइभ पर्फमेन्स दिएका थिए ।

जस्टिन ४ दिने भ्रमणको लागी मुम्बई पुगेका थिए तर उनी २४ घण्टा नवित्दै त्यहाबाट फिर्ता भएका छन् । साथै जस्टिनले शो मा लिपसिंकको सहारा लिएर सबैलाई बेवकुफ बनाएको भन्दै भारतिय मिडिया तथा सामाजिक सन्जालमा चर्को आलोचना र बहस छाएको छ ।

सामाजिक सन्जाल प्रयोगकर्ताले फेसवुक र ट्विटरमा विहानैदेखि जस्टिन विवरको कन्सर्टलाई लिएर धज्जी उडाएका छन् । केहिले उनको कन्सर्टलाई झुटो भनेका छन् भने कतिपयले उनको लागी लिएको महंगो टिकट खेर गएको बताउदै सबैभन्दा नराम्रो पर्फमेन्स भएको बताएका छन् ।

सामाजिक सन्जालमा उनको कन्सर्टको विरोध जनाउनेको ट्रेन्ड नै लागेको छ ।

जस्टिनको शो हेर्न भारतको कुना काप्चाबाट लाखौको संख्यामा दर्शकहरु मुम्बई पुगेका थिए । उनको शो को सबैभन्दा सस्तो टिकट ४००० थियो भने सबैभन्दा महंगो ७५ हजार भारु रहेको थियो ।