एजेन्सी । कमेडियन भारती सिंह अहिले कपिल शर्माको शो मा देखिन थालेकी छिन् । तर उनलाई यतिबेला व्यवसायिक भन्दा पनि व्यक्तिगत जिन्दगीको चटारो छ ।

प्रेमी हर्ष लिम्बचियासँग विवाहको मिति तय भएपछि उनलाई त्यसको तयारीका लागि चटारो बढेको हो । भारतीले हालै एक अन्तरवार्तामा आफ्नो विवाहका लागि ३० नोभेम्बर वा ३ देखि ६ डिसेम्बरको मुहुर्त निक्लिएको बताइन् ।

छिट्टै यहि मध्येबाट मिति निश्चित हुने उनले बताएकी छिन् ।  भारतीले आफ्नो ८ वर्षदेखिका प्रेमीसँग गत जुनमा इंगेजमेन्ट गरेकी थिइन् ।