१० मंसिर, एजेन्सी ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत असहिष्णु भएको भनेर गरिएको टिप्पणी प्रति आपत्ति जनाएका छन् ।

संसदको विशेष सत्रका बोल्दै भारतीय गृहमन्त्रीले भारतमा अम्बेडकर जस्ता नेता समेत प्रताडना सहेर देश छोड्ने कुरा नगरेको तर पछिल्लो समयमा केही मानिसहरुले यस बारेमा बहस चलाइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

rajnath amir

आमिर खानको नाम नलिइकन उनले असहिष्णु भन्दै भारत छोड्ने चर्चा गरेकोप्रति आपत्ति जनाए ।

भारतमा कुनै प्रकारको असहिष्णु भावना नरहेको दावी गर्दै उनले अहिले आएर यस्ता कुरा गर्नु लाजमर्दो भएको समेत बताए ।

आमिर खान विरुद्ध खनिए शिव सेनाका नेता, पिटे बापत एक लाख दिने घोषणा

मोदी सरकार आएपछि भारतमा असहिष्णुताको भावना बढेको भन्दै कलाकारहरुले चर्चा गरिरहेका छन् । आमिर खान पनि यस्तै चर्चा गरेपछि विवाद र चर्चामा छन् ।

आमिर खानलाई मोदीका मन्त्रीको जवाफ, अनुपम खेरले पनि गरे गाली