३ साउन, काठमाडौ।
राजधानी काठमाडौंमा सत्ता परिवर्तनको सरगर्मी बढिरहेका बेला भारतीय राजदुत रन्जित रे भने चिसो ठाउँ मकवानपुरको दामन पुगेका छन् ।

ranjit ray in damanविहान दामन पुगेका उनले आजको रात दामनमै बिताउनेछन् । उनी दामनको चर्चित पानारोमा रिसोर्टमा बास बस्ने तयारी छ । उनले मकवानपुरको थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि भारत सरकारले गर्न सक्ने सहयोगका बारेमा स्थानीय उद्योगीहरुसँग छलफल गरिरहेका छन् । त्यसपछि उनले भारत सरकारका तर्फबाट केही सहयोग रकम समेत घोषणा गर्न सक्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि खुशी भएर राजदुत रे ले पाँचतारे होटलमा भोज खुवाएको खबर सार्वजनिक भएको थियो । पछि त्यसलाई भारतीय राजदुतावासले खण्डन समेत गरेको थियो ।

नेपाली राजनीतिमा कुनै कुनै कोणबाट भारतको हस्तक्षेप हुने गरेको नेताहरु स्वयम्ले भन्ने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसपटक पनि भारतको इसारामा सरकार परिवर्तन गर्न लागिएको जनाउ यसअघि नै दिएका थिए ।

यो पनि पढ्नुस्।

रिक्त सदस्य थप गर्ने जिम्मा अध्यक्ष दाहाललाई

प्रधानमन्त्री चयन विवाद: राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस निर्णायक