१९ कात्तिक, काठमाडौं।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले भेटवार्ता गरेका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई उनि बस्दै आएको होटल ह्यातमा उनिहरुले भेटवार्ता गरेका थिए ।president-of-india-pranab-and-madhesi-morcha-8315108

भेटका अवसरमा उनिहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराएका थिए ।

यो पढ्नुस्: देउवाको दिल्लीमा यस्तो छ तयारी

भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताए ।

president-of-india-and-bijaya-gacchdar-7214528

यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा बिहिबार साँझ शिष्टाचार भेट गरे । भेटका अवसरमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको बताए ।