४ जेठ, नयाँ दिल्ली । भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो ।

उपचारको क्रममा एम्समा नै उनको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

दवेआवद्ध रहेका भारतीय जनता पार्टीले उनको निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गरेका छन ।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताएका छन ।

दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताएका छन । ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’

मोदीले बताएका छन । दवेका अन्य सहकर्मीले पनि उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेका गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको स्वतन्त्र कार्यभार सम्हाल्दै आएका थिए । रासस/एएफपी