एजेन्सी । आठ दिनदेखि वेपत्ता भारतीय बायु सेनाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सेनाको एएन ३२ एयरक्राफ्ट दुर्घटनाग्रस्ता अवस्थामा अरुणाञ्चल प्रदेशमा फेला परेको बीबीसीले जनाएको छ । खोजीमा रहेको वायु सेनाको टोलीले अरुणाञ्चल प्रदेशको पश्चिमी सियांग जिल्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । एम आई १७ हेलिकोप्टरबाट १२ हजार फिटको उचाइबाट विमानको भग्नावशेष देखिएको भारतीय वायु सेनाको भनाई छ । विमानमा १३ यात्रु सवार थिए ।

भारतीय वायु सेनाले ट्वीटरमार्फत् विमानमा सवार रहेकाहरुको बारेमा आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । यो मालवाहक विमान जुन ३ मा दिउँसो १२ बजेर २७ मिनेटमा असामको जोरहाटबाट उडान भरेर १ बजे सम्पर्कविहीन भएको थियो ।