१९ पुस, काठमाडौं । नविन लामाबाट परिचय फेर्दै अञ्जली नेपाली मोडल अहिले भारतीय सञ्चार जगतमा रा जगर्दै आएकी छन् । नुवाकोटको काउली गाउँमा जन्मेका नविनलाई अहिले अञ्जलीको नामले विश्वले चिन्ने गरेको छ । anjali-1

गाउँकै विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिएका उनी अञ्जली भएपछि चर्चित भएकी हुन् । नामले केटा भए पनि उनी आफू सानैदेखि केटीजस्तो महसुश गर्ने गरेको बताउँछिन् । ‘सानैदेखि बििहनीको लुगा लगाउने, तावेल वाँध्ने गर्थे’ उनले भनिन् । काठमाडौंमा आएर ‘सेक्स चेञ्ज अप्रेशन’ गरेपछि उनले ‘अञ्जली’ नाम रोजेकी हुन् । अञ्जली नाम उनलाई यति फाप्यो कि विश्वले चिन्ने भयो ।

केही समयअघि उनको जीवनमा आधारित भएर बनाइएको लघु चलचित्रको प्रिमियममा उनले भनेकि थिइन् ‘मैले आफूलाई चिन्न २० वर्ष कुर्नु पर्यो । जब मैले आफूजस्तै फरक लिंगिए व्यवहार गर्नेको पनि संस्था छ भन्ने थाहा पाएं, त्यसपछि आफै ‘ब्लु डाइमण्ड सोशाइटी खोज्दै हिंडे । त्यहाँ पुगेपछि मैले आफू को हुँ भन्ने जवाफ पाएं र ‘अञ्जली’ भएं ।’

जब उनी अञ्जलीको पहिचानमा घर पुगिन आमा वितिसकेकी थिइन् । अरु तीन दाजुभाई सबै रिसाए । बाबु, काकबाहरू सबै रिसाए । बाबुले त फिल्ममै प्रतिक्रिया दिएका छन् ‘छोरी भएपछि अब अंश खोज्न पनि आउनु पर्दैन र म मरें भनेपनि हेर्न आउनु पर्दैन ।’

तेश्रो लिंगी मोडलको नामले स्थापित अञ्जलीले नेपालका विभिन्न स्टेजमा क्याट वाक ‘विरालो चालमा हिड्नु’ गरिसकेकी छन् भने हाल भारतको सञ्चारमाध्यममा भाइरल बनेकी छन् । ‘लेक्मे फेसन वीक २०१७’ मा सहभागि हुन उनी मुम्वइ पुगेकी हुन् । यो प्रतियोगिता आगामी १ देखि ५ फेबु्रअरीसम्म चल्नेछ । अहिले उनी यसकै लागि तयारी गरिरहेकी छन् ।