१० साउन, काठमाडौं । भारत र चीनबीच युद्धको तयारी भइरहेको समाचार आइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भारतीय सेनाका उच्च अधिकारीले भेटेका छन् ।

भारतीय आसाम राइफल्सका डाइरेक्टर जनरल सोकिन चौहान प्रधानसेनापति क्षेत्रीलाई भेट गरेका हुन् ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षबीच आपसी हितका समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाल कति शक्तिशाली छ ?

निर्देशनालयले अरु विषय केही नखुलाएपनि दुई जनाबीच डोकलाम विवादबारे पनि कुरकानी भएको स्रोतले जनाएको छ ।

भारत र चीन बीच युद्ध भए नेपालले कसको पक्ष लिन्छ भन्ने बहस चलिरहेका बेला भारतीय सेनाका उच्च अधिकारीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।