१५ चैत, काठमाडौ।

चार दिने भ्रमणका लागि भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल आएका छन् ।

रावतलाई नेपाली सेनाका लेफिन्टेन्ट जर्नेल पूर्णचन्द्र थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।

भारतीय मिडिया भन्छन् : चीनको योजना असफल पार्न भारतीय सेना प्रमुख आज नेपाल आउने

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भोलि राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट् प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी सन् २०१६ डिसेम्बर ३१ मा भारतीय सेनाको २७ औं सेनाध्यक्ष नियुक्त भएका थिए ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन र पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।