९ असोज, एजेन्सी।

भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका अल इन्डिया रेडियोले जनाएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

सैनिक प्रमुख जनरल दलवीर सिं, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो ।

भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।

यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ ।

नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कला प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।

पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ ।

उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ ।

यसैबीच, शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका छन् ।

पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाएका छन् ।

उनले गएका चार महिनामा भारतीय सुरक्षा फौजले ११० जना आतंकबादी समूहमा सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताएका छन् ।

एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गरे ।

उनले पाकिस्तानलाई चेतावनीको शब्दमा भने, “म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु”।

यो पढ्नुस्:

कश्मिरको परिस्थितीको ‘प्रतिक्रिया’ उरी आक्रमण: नवाज शरिफ