१८ फागुन, काठमाडौं ।

भारत सरकारले नेपाललाई दिने सहयोगमा कटौती गरेको छ । प्रधानमन्त्री ओलीले ६ दिने राजकीय भ्रमण गरेर भारतबाट फर्केको १ सातापछि भारतमा प्रस्तुत केन्द्र सरकारको बजेटमा नेपाललाई दिने सहयोग घटाइएको छ ।

भारतले नेपााललाई यो वर्ष नेपाललाई ६ अर्ब ७२ करोड रुपैयाँ (४ अर्ब २० करोड भारु) अनुदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नयाँ बजेटमा गरिएको यो प्रतिबद्धता रकम गत आर्थिक वर्षमा नेपाललाई दिने प्रतिबद्धता गरिएको प्रतिबद्धता परिणाम भन्दा ४८ करोड रुपैयाँले कम हो ।

arun Jetley Indian Finance minister

बजेट प्रस्तुत गर्न जाँदै भारतीय अर्थमन्त्री अरुण जेट्ली

भारतले नेपाललाई ७ अर्ब २० करोड रुपैयाँ दिने प्रतिबद्धता गरेकोमा ४ अर्ब ८० करोड मात्रै दिनसक्ने प्रक्षेपण भारतीय बजेटले गरेको छ ।

मोदी सरकारले दक्षिण एशियाका अन्य मुलुकको तुलनामा पनि नेपाललाई कम आर्थिक सहयोग दिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

दक्षिण एसियामा बंगलादेश र माल्दिब्स मात्र नेपाल भन्दा कम भारतीय सहयोग पाउने मुलुक रहेको देखिन्छ ।