भारत र चीनको सम्वन्ध केही समय यता अन्यन्त असहज बनेको छ। भुटानको डोक्लामका चीन र भारत ‘डेडलक’मा छन्।  दुबै देशका मिडियाहरु अन्यन्त निर्मतताका साथ एक अर्का देशमाथि खनिरहेका छन्।

 

विश्वका दुई विशाल अर्थतन्त्रहरु , विश्वमा सबै भन्दा बढि जनसंख्या भएका दुइ देशहरुको तनावले निम्त्याउने युद्ध विनाशकारी हुनेमा कुनै शंका छैन्।  युद्ध दुबै देशले पनि चाहेका पक्कै छैनन्। तर कसैले नचाहँदा नचाहँदै युद्ध भने संसारमा हुने गरेका छन्। युद्धमा संलग्नहरुले यसलाई बाध्यकारी बनेर बचाउ गर्ने गरेका छन्।

 

दुई ठुला छिमेकीको युद्ध हुने अवस्था नेपालले पनि पटक्कै हेर्न चाहेको छैन्। तर युद्ध भइहाले नेपालले के गर्ला ?

 

नेपालले तत्कालै कुनै पनि देशलाई समर्थन गरेर जाने स्थिति देखिन्न। नेपालले भारतलाई समर्थन गरेर अघि बढ्ने संभावना पनि छैन नत चीनतर्फ ढल्किएर भारतलाई चिढ्याउनु नेपालको हितमा छ।

तटस्थ बस्दै युद्धको विनाशकारी बाछिटाबाट जोगिनु नै नेपालको पहिलो प्राथमिकता हुने देखिन्छ।

 

सन १९६२ मा भएको भारत र चीनको युद्धमा नेपालले कसैको पक्ष लिएन। नेपाल पुर्णरुपमा तटस्थ रह्हो। युद्धमा गोर्खाका रुपमा नेपालीहरुले भारतका तर्फबाट नलडेका होइनन् तर नेपाल सरकारले आफूलाई दन्द्धबाट परै राख्यो।

 

त्यतिबेला र अहिलेको परिस्थितिमा भने तात्विक भिन्नता छ। त्यस समयमा नेपालमा चीनको उपस्थिति न्युन वा करिब शुन्य थियो । भौगोलिक, सामरिक र आर्थिक कुनै पनि हिसावले नेपालमा चीनको चासो अत्यन्त कम थियो। नेपालमा विदेशी शक्तिका रुपमा भारतको पुर्णरुपमा दबदबा थियो।आजका मितिमा संसारमा चीनको भुमिका बढेको र सोही अनुरुपमा नेपालमा पनि चीनको उपस्थिति जबरजस्त रहेको बुझिन्छ ।

कतिसम्म भने कयौं क्षेत्रमा चीनले नेपालमा भारतलाई विस्थापित गरिदिएको आँकलन छ्। भारतको इच्छा विपरित ओबोरमा नेपालको सहभागिता यसको प्रमाण हो।

 

नाकाबन्दी पछि नेपालमा मोदी नीति पुर्ण रुप असफल रह्यो। नेपालमा भारत नराम्ररी एक्सपोज भएपछि बनेको भ्याकुम पनि चीनले भरेको जस्तो देखिन्छ। कुल मिलाएर हिसाव गर्दा आजको नेपालमा चीनियाँ प्रभावको मिटर ठुलो स्केलमा बढेको देखिन्छ। भारत खुम्चिएको प्रष्टै देखिन्छ।

 

नेपालमा चिनियाँ लगानी पनि निकै ठुलो भइसकेको छ। संसारको आर्थिक महाशक्तिलाई चिढ्याएर नेपाललाई फाइदा हुने कुरै भएन्। नेपाल चीनको विरुद्धमा जाने कुनै आधार नै रहेन्। जसरी नेपाल चीनका विरुद्ध जान सक्दैन् त्यसरी नेपाल भारत विरुद्ध पनि जान सक्ने संभावना छैन्।

 

भारतमाथि नेपालको निर्भरता अहिले पनि निकै ठुलो छ र त्यस भन्दा माथि उठेर सांस्कृतिक रुपमा पनि नेपाल भारतसंग नजिक छ ।

 

नेपाली सेन्टीमेन्ट कोसंग  ?

संविधान जारी गर्दा ताका भारतले गर्न खोजेको जोरजबरजस्ती, भुकम्पको पछिको कठिन समयमा गरेको नाकाबन्दीले नेपालमा भारतका विरुद्ध जनमत बनेको छ जुन अहिले पनि जारी रहेको छ।

 

भारत र खासगरि प्रधानमन्त्री नरेन्द्र मोदीको गलत आँकलन र मिचाह प्रवृतिलै नै नेपालमा भारत विरोधी भावना बढेकोमा भारतीय नेपाल विज्ञहरुनै एकमत छन् ।

 

नेपालमा भारत विरोधी भावना बढेकोमा सबै भन्दा बढि चिन्ता भारतलाई नै हुनु पर्ने हो। जसरी भारतसंग सम्वन्ध बिगारेर नेपाललाई फाइदा छैन् त्यसगरि नेपालमा सदभाव गुमाउनु भारतलाई निकै मंहगो पर्न सक्दछ । मोदी सरकार नेपालसंग बिग्रिएको सम्वन्ध सपार्ने दिशामा लागेको  र त्यसले छिट्टै ठोस नतिजा दिने तर्क गर्नेहरुको संख्या पनि केही समय यता बढेको छ

 

Nepal-India-China-Map

भारत र चीनको दन्द्धले नेपालाई फाइदा पटक्कै छैन्। उल्टो नेपालले दुबै देशलाई आफू कसै तर्फ नलागेको स्पष्टिकरण दिँदै हिड्नु पर्ने अवस्था आउन सक्दछ ।

नेपालले भारत र चीन दुबैबाट एकसाथ फाइदा लिन पनि दुबैको देशको सम्वन्ध सामान्य रहनु पर्छ । युद्धले दुबै देशलाई नराम्ररी असर पार्नेछ। त्यसले स्वत नेपाललाई पनि नकारात्मक असर पार्नेछ ।

युद्धले असर आर्थिक, सामाजिक देखी सबै पाटोमा पर्ने निश्चित छ । दुई छिमेकीको युद्धले भुरणनैतिक फेरबदल ल्याउन सक्छ, अस्थिरत ल्याउन सक्छ र आर्थिक विकास खलबल्याउन सक्छ जुन नेपाललले कहिल्यै चाहेको छैन् ।