४ असार, एजेन्सी।

एसीसी ट्रफि च्याम्पियन्स भारतसंग भइरहेको फाइनल खेलमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको छ। ३० ओभरको खेल सकिदाँ पाकिस्तानले १ विकेट मात्र गुमाएर १८६ रन बनाएको छ। उसका फखेर जमनले उत्कृष्ट प्रदर्शन गरेका छन्।

१ रन बनाउँदा आउटा भएका फखेर पुनर्जन्म पाएर खेलमा फर्केका हुन। १ रन बनाउँदा क्याच आउट भएका फखेर अम्पायरले नोबल दिएपछि आउट हुनबाट जोगिएका थिए। उनले २ छक्का र १२ चौकाको मद्दतमा ९५ बलको सामना गर्दै शतक पुरा गरे।

ओपनरको रुपमा आएका अजरअली ५९ रनमा आउट भए।

पाकिस्तानले टस हारेर ब्याटिङको निम्तो पाएको हो।