२७ पुस, काठमाडौं । तपाईसँग भारु हजार र पाँच सयका नोट छन् र नसाटिएर चिन्तित हुनुहुन्छ भने तपाइलाई खुशीको खबर छ ।

nepal-rastra-bankभारु सटहीबारे पहल गर्नका लागि नेपाल राष्ट्र बैंकको एक टोली आज भारत गएको छ । भारतले छलफलका लागि बोलाएकाल डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित टोली भारत गएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

भारतले छलफलका लागि बोलाएपछि अब नेपालमा रहेका एक हजार र पाँच सयका भारतीय नोट सटहीको संभावना बढेको छ । गत नोभेम्बर ८ मा भारतले हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोटबारे अन्यौलता बढेको थियोे ।