एजेन्सी।

भिक्टोरिया सिक्रेट महिलाको भित्री वस्त्र बनाउने चर्चित अमेरिकन ब्रान्ड हो। अमेरिकामा सबैभन्दा बढी यहि ब्रान्डका कपडा बिक्रि हुने गर्छ। सन् १९७७ मा स्थापना भएको यो ब्रान्ड ९० को दशकमा चर्चामा आएको थियो। चर्चिर मोडलहरुलाई ल्याएर, तीनै वस्त्र पहिर्याई मोडलका तस्बिर सार्वजनिक गर्न थालेपछि भिक्टोरिया सिक्रेट चर्चामा आएको थियो। फेसनको दुनियाँमा भिक्टोरिया सिक्रेटका मोडलहरुलाई विश्वकै टप मानिने गर्छ। यी हुन सन् २०१६-१७ का भिक्टोरिया सिक्रेटका टप-१० मोडल

१०. हाइडी क्लमheidi-klum
जर्मनीमा जन्मकेी हाइडी ४३ वर्ष पुगिन। अमेरिका गट ट्यालेन्टमा समेत जजको रुपमा देखिने यी मोडलले भिक्टोरिया सिक्रेट फेसन शो ४ पटक होस्ट गरिसकेकी छिन्।

९. मरिसा मिलरmarisa-miller
५ फिट ८ इन्च अग्ली ‘ब्लन्ड ब्युटी’ मरिसा सन् २००७ मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन। मरिसा विश्वकै सेक्सी महिलाको सूचीमा अग्रस्थानमा पर्छिन। ३७ वर्ष पुगेकी यी अमेरिकी सुपरमोडलले सन् २०१३ मा आफ्नो पहिलो फिल्म ‘RIPD’मा अभिनय गरेकी थिइन।

८. क्यानडाइस स्वानेपोइलcandice-swanepoelदक्षिण अफ्रिकामा जन्मकेी क्यनडाइस सन् २०१० मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन। क्यानडाइस विश्वकै सबैभन्दा बढी कमाउने मोडल मध्येकी एक हुन। भोग, जीक्यु, हार्पर्स बजार जस्ता हाइ-प्रोफाइल म्यागजिनका कभरमा उनको तस्बिर प्रकासित भइसकेक छ।

७. टायरा ब्याङ्क्सtyra-banksटायरा पहिलो अफ्रिकन अमेरिकन हुन जसको स्पोर्टस् इलुस्ट्रेटेड स्वीमसुट इसु र जीक्युको कभरमा तस्बिर प्रकाशित भएको थियो। १५ वर्षकै उमेरबाट मोडलिङ सुरु गरेकी टायरा सन् १९९७ देखि २००५ सम्म भिक्टोरिया सिक्रेटको लागि काम गरिन। सो समय सबैभन्दा बढी पारिश्रमिक पाएकी मोडल मध्येकी एक थिइन टायरा। उनी गायिका, लेखक अनि चर्चित टिभी पर्सनालिटी बनेकी छिन्।

६. जस्मिन टुकेसjasmine-tookes२५ वर्षकी जस्मिन टायरा ब्याङ्क्सलाई आफ्नो रोल मोडल मान्छिन्। अघिल्लो वर्ष देखि उनी भिक्टोरिया सिक्रेट एन्जल छिन्। जिम्नास्किट पृष्ठभुमीबाट आएकी उनको झै शरिर अधिकांस मोडलले चाहना राख्नेगर्छन्। जस्मिनले १५ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिइन।

५. कार्लि क्लोसkarlie-kloss-most
६ फिट २ इन्च उचाईकी यी मोडल अघिल्ला ३ वर्ष भिक्टोरिया सिक्रेट एन्जल रहिन। २४ वर्षकी यी अमेरिकी मोडलले १४ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिपन। गायिका टेलर स्वीफ्टको ‘ब्याड ब्लड’ गितको भिडियोमा उनलाई देख्न सकिन्छ। कम्प्युटर कोड गर्न रमाउने यी मोडलले सफ्टवेयर इन्जिनियरिङ र कम्प्टुटर साइन्समा छात्रवृती समेत पाएकी थिइन।

४. अलेसान्ड्रा एम्ब्रोसिओalessandra-ambrosio३५ वर्षकी अलेसान्ड्रा ब्राजिलकी मोडल हुन। उनी अहिले भिक्टोरिया सिक्रेट एन्जेल छिन्। विश्वको सेक्सी महिलामा गनिने यी मोडल सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनको फेसबुक पेजमा ३० लाख भन्दा बढी लाइक छ।

३. रोजी हन्टिङटन – ह्वाइटलीrosie-huntington

इङ्ग्ल्याण्डमा जन्मेकी रोजीलाई म्याक्सिम म्यागजिनले हटेस्ट महिलामा सूचीकृत गरेको थियो। सन् २०१० मा उनी भिक्टोरिया सिक्रेट एन्जेल बनेकी थिइन। उनलाई फिल्म ‘ट्रान्सफरमर’ का श्रृखलाहरुमा देख्न सकिन्छ।साथै म्याड म्याक्स: फ्युरी रोड फिल्ममा पनि उनले अभिनय गरेकी छिन्।

२. गिसेल बन्डचेनgisele-bundchen
गिसेल ब्राजिलियन मोडल हुन। सन् २००० देखि २००७ सम्म उनी भिक्टोरिया सिक्रेट एन्जेल रहिन। सो समयमा उनले अन्तर्राष्ट्रिय चर्चा अनि सफलता दुवै प्राप्त गरिन। ‘हर्स वाक’को लागि चर्चित गिसेल बाँकी रहेका वास्तविक सुपरमोडलहरु मध्येकी एक हुन। उनले थुप्रै हिट फिल्म समेत खेलेकी छिन्।

१. मिरान्डा केरmiranda-kerr
१३ वर्षकै उमेरमा मोडल बनेकी मिरान्डा भिक्टोरिया सिक्रेट एन्जल बन्ने पहिलो अष्ट्रेलियन मोडल हुन। उनी लामो समय सबैभन्दा बढी कमाई गर्ने मोडलको सूचीमा अग्रस्थानमा रहिन। नायक ओर्लान्डो ब्लुमसंग विवाह गरेर उनीले एक सन्तान जन्माइन अनि सन् २०१३ मा सम्बन्ध विच्छेद गरिन। स्न्यापच्याटका सिइओ तथा खर्बपति इभान स्पेइजेलसंग उनी अहिले सम्बन्धमा छिन्।

यो पढ्नुस्।
मिरान्डाले देखाइन यस्तो रुप
अर्धनग्न तस्बिरको लागि प्रख्यात, मिरान्डाका १४ तस्बिर
५० वर्ष पहिलेको फिल्मको लागि यसरी छानिन्थे नायिका