यौन शक्त बढाउने भियग्रा लगायतका औसधीले पुरुषहरुलाई खासै फाइदा नहुने र महिला साथीसंगको यौन सम्वन्धमा पनि असर नहुने एक अनुसन्धानमा पत्ता लागेको छ।

भियग्राबाट पुरुषको जिन्दगीमा आउने परिवर्तनका बारेमा वैज्ञानिकहरुले ४० वटा क्लिनिकल ट्रायल गरेका थिए। अनुसन्धानमा भियग्रा औसधी प्रयोग गर्नु अघि र पछिका अवस्थामा पुरुषहरुलाई प्रश्न सोधिएको थियो । सहभागी पुरुषहरुले भियग्राले यौन जीवनमा कुनै असर नपारेको बताएका थिए ।

viagra by pfizer

विशेषज्ञहरुले पनि भियग्राले शारीरिक समस्या हटाए पनि मनोवैज्ञानिक रुकावट भने कायम रहने बताएका छन्।
युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टर एन्ड्रयु क्रैमरका अनुसार खुसी हुनु बहुत जटिल कुरा हो, धेरै जसो जोडीलाइ सेक्सी थेरापीको आवश्यक्ता पर्दछ।

६० वर्ष उमेका ६५ प्रतिशत पुरुष नपुंसकताको शिकार हुने गरेका छन्। ४० वर्ष पुगेका पुरुषहरुले यो समस्याको सामान गर्न परेको छ ।