काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनामको औपचारिक भ्रमणमा रहेका छन् । उनले भ्रमणका क्रममा शनिबार भियतनामका समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटपछि संयुक्त पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

उनीसँगै गएका नेपाली प्रतिनिधिमण्डललाई पनि वार्ता र भेटघाटमा भ्याइनभ्याइ छ । भियतनाम भ्रमण सकेर यहि ३० गते प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कम्बोडिया जानेछ । (हेर्नुस् तस्वीर)

भियतनामको हनोइस्थित राष्ट्रपति भवनम शनिबार द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुक ।
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दुवै देशका प्रधानमन्त्री ।
भियतनामको हनोइमा शनिबार भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुकसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डलबीचको छलफलपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी सम्झौताको आशय पत्र आदान प्रदान गर्दै ।
भियतनामको हनोइमा शनिबार परराष्ट्र सचिव शंकरदास बैरागी र भियतनामका परराष्ट्र मन्त्रालयका प्रतिनिधि ङेयन कक डङ् द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउनेसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै ।
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल गर्दै ।

तस्बिरहरु: दीपेन्द्र अधिकारी, भियतनाम, रासस