१६ चैत, बाजुरा । बडिमालिका नगरपालिका–७ जिल्लीनजिकै रहेको बैरागीडाँडाको भिरबाट लडेर एक युवकको आज मृत्यु भएको छ । जिल्लीबाट मार्तडी आउने बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा रुगिन–२ हाल बडिमालिका नगरपालिका–७ बस्दै आएका हंसमणि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरीनायब उपरीक्षक सुदाम रावलले बताए ।

मृतक पाण्डे जिल्लीनजिकै रहेको बैरागीडाँडाबाट करिब पाँच सय मिटरभन्दा तलको खोलामा खसेका थिए । मृतकका पत्नी र छोराछोरी साहाराविहीन बनेका छन् । रासस