महाभारतमा यस्ता कैयौँ कथाप्रसङ्गहरू छन् जसको गहिरो अध्ययन गर्दा जीवनमा नैतिकता, आदर्श अनि जिउने कलाको बारेमा विस्तृत ज्ञान पाउन सकिन्छ। यसैगरी, महाभारतको युद्धमा भिष्मलाई हजारौँ तिर लागेर ५८ दिनसम्म मृत्युशय्यामा रहेको कुरा त सायद अधिकांशलाई थाहा नै होला।

तर, त्यतिबेला सबैभन्दा रोचक कुरा के भएथ्यो भन्दा श्रीकृष्ण, पाण्डव अनि द्रौपदी भिष्मको मृत्युशय्यामा भेट्न आउँदा भिष्मको अवस्था देखेर द्रौपदी खित्का छोडेर हाँसेकी थिइन्।

तर किन?

भिष्मको मृत्युशय्या र द्रौपदीको हाँसो

महाभारत युद्धको अन्तिमतिर, शिखण्डीले हानेको वाणले लागेर भिष्म घायल भएका हुन्छन्। तर भिष्मले इच्छामृत्युको वरदान पाएका हुनाले उनको प्राण गैसकेको थिएन। युद्ध समाप्त भैसकेपछि मात्रै आफ्नो प्राण लिने भिष्मले सोँचेका थिए।bhisma's deathbed and draupadi

युद्धको १७ औँ दिनको रातिको बेला, पाण्डवसँग श्रीकृष्ण र द्रौपदी मिलेर भिष्मको मृत्युशय्यामा पुगे। त्यसपछि पाण्डवहरूले युद्धमा निर्दोषलाई मार्न नचाहेको कुरा कृष्णले भिष्मलाई बताए। त्यसैले भिष्मले युद्धको बेला जति पनि कुराहरू सिके ती सबै ज्ञान पाण्डवलाई दिनको लागि कृष्णले भिष्मलाई आग्रह गरे।Bhishma's Deathbed 1

जब भिष्मले सही-गलत, धर्म-पापको बारेमा पाण्डवहरूलाई सिकाउँदै थिए, तब उनले द्रौपदी मज्जाले हाँसेको सुने। द्रौपदीको हाँसोले सबैजना छक्क परे, तर भिष्म भने अति नै क्रोधित बने। आफूभन्दा अग्रज व्यक्तिको कुरामा हाँसेर बेइज्जत गरेको भन्दा भिष्मले द्रौपदीलाई गाली गर्न थाले।

त्यसपछि द्रौपदीले भिष्मलाई सोधिन्, “म हाँस्नुको कारण किन सोध्नुहुन्न?”

भिष्मले पनि कारण सोधे र जवाफमा द्रौपदीले जे भनिन्, त्यो सुन्नुभयो भने तपाईँ पनि छक्क पर्नुहुन्छ।

द्रौपदीको पीडा

युद्ध हुनुभन्दा धेरै पहिलेको कुरा, पाण्डवकी पत्नी द्रौपदी देखेर दुर्योधन खुबै इर्ष्या गर्थे र एकदिन आफ्नै हातबाट द्रौपदीको बेइज्जत गर्ने प्रण गरेका थिए। दुर्योधन र उनका मामा शकुनी मिलेर द्रौपदीलाई दास बनाउने योजना पनि बनाए।

सोहि योजनाअनुसार शकुनीले पाण्डवहरूलाई मैत्रीपूर्ण खेल खेल्नको लागि आग्रह गरे, जुन एक जाल थियो द्रौपदीलाई दास बनाउने। खेलको नियम के थियो भन्दा, हारेपिच्छे हार्नेले आफ्नो प्यारो सम्पत्ती विपक्षलाई दिनुपर्ने हुन्थ्यो। तर शकुनीले खेलको गोटीमा कालो जादु गरिदिएका थिए, जसको कारण पाण्डवहरू जतिबेला पनि हार्न थाले।pandav gambling

खेलमा पाण्डवले सबै वस्तुहरू गुमाउन थाले- घर, दरबार, गद्दि, खजाना, आदि। अब बाजीमा राख्ने केहि वस्तु नभएपछि शकुनीले उनीहरूकी पत्नी द्रौपदीलाई बाजी राख्न पाण्डवहरूलाई कर गर्न थाले, र पाण्डवहरूले मान्न बाध्य भए।

शकुनीको योजना अनुसार नै दुर्योधनले द्रौपदीलाई बाजी मार्न सफल भए र द्रौपदीलाई दास बनाउने ध्येयले उनलाई आफ्नो दरबार बोलाए। दरबार दुर्योधन लगायत, पाँच पाण्डव, धृतराष्ट्र, भिष्म सबैजना थिए। सबैजनाकै सामुन्ने दुर्योधनले द्रौपदीको वस्त्रहरण गर्न थाले। द्रौपदीको चित्कार त्यहाँ कसैले पनि सुनेनन्, सबै लाचार थिए।Draupadi vastraharan

तर, कृष्ण आएर द्रौपदीको वस्त्रहरण हुनबाट बचाएका थिए। त्यसपश्चात द्रौपदीले कृष्णको सम्मान गर्न थालिन्, पुजा गर्न थालिन्।

द्रौपदीको उत्तर

draupadiभिष्मलाई द्रौपदीले यी सबै घटनाहरूको याद दिलाइसकेपछि उनले भिष्मलाई भनिन्, “हजुरले त्यतिबेला के सही अनि के गलत भनेर चिन्नुभएन, के धर्म हो के पाप हो भनेर छुट्याउन सक्नुभएन भने अहिले आफ्ना नातीहरूलाई कसरी अर्तिबुद्धि दिन सक्नुहुन्छ?”

यो पनि हेर्नुहोस्-
द्रौपदीका लागि पाण्डवको अनौठो नियम
द्रौपदीः महाभारतको युद्द र रहस्य
महाभारतका ९ सुन्दर महिला
५८ दिनसम्म वाणको ओच्छ्यानमा थिए भिष्म, यसरी भएको थियो मृत्यु
जब भिमलाई आफ्नो शक्तिप्रति घमण्ड भएथ्यो
जहाँ राम, कृष्ण र पाण्डवले स्नान गरे