काठमाडौं ।

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला ।

भुँडी बढेर दिक्क पार्‍यो ? पिर नगर्नुस्

के भात खाँदा भुँडी बढ्छ ?

कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।

fat man

धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन ।

विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् । हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भारत र रोटीले फरक नपार्ने बताएका छन् ।

roty

तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ । भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो ।

dal bhat

जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भारतमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ ।

white rice

चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ ।

पेट बढेर टेन्सन भो ? यसरी पकाउनु भात