१३ बैशाख, काठमाडौं ।

चर्चित कलिङ र शेयरिङ साइट भाइबरले नेपालको भूकम्प प्रभावमा केही राहत भन्दै नेपालीहरुले भाइवरआउटमा समेत निःशुल्क कलको सुविधा दिएको छ ।

viber

नेपालका भूकम्प प्रभावितहरु वा विदेशमा बसेका नेपालीहरुले भाइबर इन्टरनेट सुविधा नहुँदा समेत भाइबर आउटबाट निशुल्क कल गर्न सक्ने भाइवरले जनाएको छ ।

Viber Nepal Earthquake
भाइवरले लेखेको छः नेपालमा आएको भूकम्पको प्रतिक्रियास्वरुप हामीले भाइबर आउट विलिङ सिष्टम स्वीच अफ गरेका छौं ताकि नेपालीहरुले जहाँ सुकैबाट निशुल्क कल गर्न सकुन् ।