नेपालमा गत १२ बैशाखमा भयानक भूकम्प भयो । हजारौंको ज्यान लिने र लाखौंलाई घरबारविहिन बनाउने यो भूकम्पपछि पनि सयौंको संख्यामा पराकम्पन भैरहेका छन् ।

नेपाल सँधै भूकम्पको जोखिममा रहेको क्षेत्र हो । भूकम्पका लागि तयार रहनु बुद्धीमानी हुने विज्ञहरुको सुझाव छ ।

भूकम्पको समयमा के के तयारी गर्नु पर्छ ?


कम्तिमा ३ दिनका लागि विजुली र पानीको विकल्प
भूकम्पको समयमा विद्युत र खानेपानीका लाइनहरु अवरुद्ध हुन पुग्छन् । टेलिफोनले समेत काम गर्दैन । यो बनाउने निकाय समेत आफै प्रभावित हुने हुँदा भूकम्पको समयमा कम्तिमा तीन दिनका लागि विद्युत नभएपनि र खानेपनी देखि टेलिफोनविहीन हुन सकिने कुरा प्रति तयार रहनु पर्छ ।

coverhead
२ खाना, पानी र रेडियो

भूकम्पको समयमा खाने कुराको समस्या हुने हुँदा कम्तिमा २-३ दिनलाई पुग्ने खाना र पानी तयारी अवस्थामा राख्नु पर्छ । त्यसको साथमा प्राथमिक उपचारका लागि एउटा सानो प्याकेट, आगो निभाउने उपकरण र सके सम्म एउटा रेडियो साथमा राख्नु पर्छ । ताकि भूकम्प आएर बाहिर निस्कन परेमा साथमा लैजान सकियोस ।

dropcoverholdon
३ सम्पर्कमा रहने तरिका

भूकम्पको समयमा जता ततै हल्ली खल्ली र तनाव हुन्छ । यस्तो समयमा परिवारका सदस्यहरुबीच सम्पर्क हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । भूकम्प आएपछि कसरी सम्पर्कमा रहने भनेर तयारी गर्नु राम्रो हुन्छ । यस्तो समयमा बैकल्पिक नम्बर वा अन्य माध्यमको पनि विकल्प सोंचिराख्नु राम्रो हुन्छ ।
४ फर्निचर वा उपकरण नढ्ल्ने गरी राख्नुस्

घरमा वाटर हिटर देखि ठूला उपकरण र अन्य फर्निचर समेत नढल्ने गरी राख्नुस् । ठूला भूकम्पमा घरका सामानहरु पल्टिर समेत कतिपय मानिसको मृत्यु भएका घटना भएका छन् । आगो टिप्ने वा ठूला उपकरण घरमा राख्दा विशेष चनाखो हुनु पर्छ ।
५ विमाको विचार गर्नुस्

भूकम्पको समयमा जनधन दुवैको क्षति हुन सक्छ । त्यसैले सके सम्म आफ्नो घर र परिवारका सदस्यको विमा गरि राख्नुस् ।

 

यो पनि हेर्नुस्
भूकम्प गएको समयमा गर्नै नहुने ९ गल्ती 
भूकम्पको समयमा महामारीबाट कसरी बँच्नेः चिकित्सकको सल्लाह