२७ पुस, काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको झण्डै २० महिनापछि पुनर्निर्माणमा संलग्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीओ तथा आइएनजीओ)ले भूकम्प पीडितहरुलाई ९ सय भन्दा कम घर बनाइदिएको पाइएको छ। यो गत डिसेम्बर महिनाको अन्त्यसम्म प्राप्त तथ्यांकको आधारमा थाहा भएको जानकारी हो।

vukampa-pidit

पुनर्निर्माणको ताजा अवस्था

७.५ लाख

पूर्ण क्षति भएका घर संख्या

  • ५.४५ लाखघर बनाउन अनुदान सम्झौता गर्ने घर धनीको संख्या
  • ४१,३११पुनर्निर्माण सम्पन्न घर
  • २०,८७९निर्माणाधीन घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

भूकम्प पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएका विभिन्न संघ संस्थाहरुसँग उनीहरुको कामको प्रगतिबारे सोधपूछ गर्दा उक्त तथ्य बाहिर आएको हो।
ती संघ संस्थाहरुले करिब २२ हजार घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका छन्।
हालसम्म त्यस्ता कतिपय संस्थाहरुको काम आफ्नो अपेक्षा अनुरुप नदेखिएको अधिकारीहरुले बताएका छन्।

संस्था बनाइदिने घर संख्या निर्माणाधिन घर  निर्माण सम्पन्न  प्रस्तावित लाग

वर्ल्ड रिन्यु ३३२(घटाएर २८५) २८ २४ करोड ४ करोड ८१ लाख
ह्याबिट्याट फर ह्युमानिटी ३५०(बढाएर ५७०) ३१ ३८ करोड ८ करोड ८६ लाख
नेपाल रेडक्रस सोसाइटि ६,७१२(बढाएर ७,०४७) ७०६ ९२ ७ अर्ब ३७ करोड २९ करोड १ लाख
सेभ द चिल्ड्रेन १,६०३ ८२९ १०० ९ अर्ब ८७ करोड ८ करोड
लुथरन वर्ल्ड फेडरेशन २,३१३(घटाएर १,५५१) २६८ ३६ ८८ करोड ९३ लाख १० करोड ९५ लाख

समारिटन पर्स ६१६(घटाएर ५००) ५६ ५५ २५ करोड उपलब्ध भएन
समारिटन पर्स ६१६(घटाएर ५००) ५६ ५५ २५ करोड उपलब्ध भएन
लुमन्ती सपोर्ट ग्रुप फर शेल्टर १,४०० १५४ १०८ ३० करोड ६९ लाख उपलब्ध भएन
कारितास नेपाल ४,३९१ ४७९ २९२ १ अर्ब ५६ करोड २१ करोड

भूकम्पबाट करीब साढे सात लाख घरहरु क्षति भएको सरकारी आँकडा छन्।

गैससबाट निजी आवास निर्माण

निर्माण गरिदिएको घर संख्या

८८० 

निर्माण गर्ने प्रतिबद्धता जनाएको घर संख्या

२१,९७१

  • २६ अर्ब ७० करोडघर बनाउन लाग्ने प्रस्तावित लागत
  • ,२०४अहिले निर्माणाधीन घर संख्या

सरकारी अनुमतिप्राप्त २४ गैसस

तर विपद लगत्तैको उद्धार तथा राहत गतिविधिमा सक्रिय भएका धेरै एनजीओ तथा आइएनजीओ मध्ये २४ वटाले मात्रै भूकम्प पिडीतका घर पुनर्निर्माणमा सघाउन सरकारसँग सम्झौता गरेका थिए। त्यसरी अनुमति लिएका मध्ये केही संस्थाहरुले घर निर्माणको काम सुरु समेत गर्न सकेका छैन्।

संस्था बनाइदिने घर संख्या निर्माणाधिन घर संख्या निर्माणसम्पन्न घर संख्या प्रस्तावित लागत हालसम्मको खर्च
उज्यालो गाउँ निर्माण अभियान १८० ४ करोड ३३ लाख ६२ लाख ७६ हजार
हेल्भेटास १,००० ३६ ५४ ४६ करोड ५९ लाख ३ करोड ६ लाख
धुर्मुस सुन्तली फाउन्डेशन ६५ ६५ ३ करोड २५ लाख ५ करोड १७ लाख
वर्ल्ड भिजन इन्टरनेश्नल ३०० (बढाएर ३०७) ११ १६ करोड ३३ लाख १ करोड ७९ लाख
नेपाल जेसुइट सोसाइटी १०३ अनुगमन बाँकी २ करोड ५३ लाख ५० लाख
इडब्लुडिइडिकेएच २५० लाभग्राही सूची ढिलाइले काममा बाधा ११ करोड ७० लाख ५० लाख
टियर फन्ड ६०० नक्साङकन ४०२ (दोस्रो किस्ता १९६) १६ २३ करोड ३० लाख ७ करोड १७ लाख
आइएनएफ नेपाल १०८ २४ २४ करोड१५ लाख ५२ लाख ५० हजा

घर बनाउन रकम पाउने लाभग्राहीको सूची प्रकाशनमा भएको ढिलासुस्ती तथा पुनर्निर्माण प्राधिकरणको नीतिगत अन्योललाई कतिपय संघ संस्थाले दोष दिएका छन्।

एनजीओ आइएनजीओको प्रगति

निजी आवास पुनर्निर्माण

२४

घर बनाउन अनुमति प्राप्त संस्था

  • हालसम्म एउटा पनि घर बनाउन नसकेका संस्था
  • १९सयभन्दा बढी घर निर्माणको अनुमति लिएका संस्था
  • सयभन्दा बढी घर बनाइसकेका संस्था

विभिन्न गैसस

प्रतिबद्धता अनुरुप सबै घर बनाइसक्ने संस्था  

धुर्मुस सुन्तली फाउन्डेशन

६५ बनाइदिएको घर संख्या

५ करोड १७ लाखघर बनाउन लागेको लागत

धुर्मुस सुन्तली फाउन्डेशन

तर प्राधिकरणका अधिकारीहरु चाँहि खासै नितीगत समस्या नरहेको बरु एनजीओ आइएनजीओले नियमित रुपमा आफ्नो कामको प्रगति विवरण आफूलाई नबुझाएर उनीहरुका कामका बारेमा बेखबर बनाएको बताउँछन्।
गैरसरकारी संस्थाहरुले घर पुनर्निर्माण कार्यक्रम अन्तर्गत करिव २६ अर्ब ७० करोड रुपियाँ बराबरको कार्यक्रमका लागि स्वीकृति लिएका छन्।
उनीहरुले १७ हजार भन्दा बढी भूकम्प पीडितलाई ५० हजार रुपैयाँका दरले करिब ८६ करोड ७० लाख रकम पहिलो किस्ताका रुपमा उपलब्ध गराएको जानकारी दिएका छन्।

संस्था बनाइदिने घर संख्या निर्माणाधिन घर संख्या निर्माणसम्पन्न घर संख्या प्रस्तावित लागत हालसम्मको खर्च
एनआरएन ५७३ नक्साङ्कन/ माटो सम्याउने काम सुरु २८ करोड८९ लाख जनश्रम जुटाएर आफैँ बनाउने
सहयोगी हातहरुको समूह ५९ १५ १ करोड ५५ लाख उपलब्ध भएन
चोइस ह्युमेनिटेरियन नेपाल ७० २२ १ करोड ५५ लाख करिव ३० लाख
मेडएअर ३१० ५७ १० करोड ५६ लाख १ करोड ९३ लाख
लुथरन वर्ल्ड रिलिफ ३०० ४० १४ ९ करोड ९५ लाख ५० लाख
ओरेक नेपाल ५० काम सुरु गर्ने तयारी ३ करोड ७ लाख
एसओएस भिलेज नेपाल २७० ६२ ९५ करोड १० करोड
माल्टिजर इन्टरनेश्नल २५५ काम सुरु गर्ने तयारी २१ करोड

 उनीहरुसँग हालसम्म खर्च भएको रकमबारे जानकारी माग्दा केही संघ संस्थाले सम्बद्ध निकायलाई आफूले विवरण उपलब्ध गराएको भन्दै जानकारी दिन अस्वीकार गरेका थिए।
घर निर्माण लगायत विभिन्न क्षेत्रमा भूकम्पपछि काम गरिरहेका संघसंस्थाको सरकारी अनुगमन साह्रै फितलो रहेको गुनासो बेला बेलामा सुनिने गरेको छ।