काठमाडौं, ३१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँड गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी विक, तामेलदार प्राणनाथ कसजु र नक्कली मोही बनी बाँडफाँडको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

साविक बारा जिल्लाको नगवा गाविस ५ को कित्ता नम्बर ११२ र ११३ जग्गाको मोहीको लगत सम्बन्धी ३ नम्बर अनुसूची साथै नकटुवा गाविस २ को कित्ता नम्बर ५६ को जग्गाको मोहीको लगत सम्बन्धी १,२ र ३ नम्बर अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरेको अख्तियारले जानकारी दिएको छ ।