अक्षय कुमार र विद्या बालनको हरर-कमेडी फिल्म ‘भूल भुलैया’को सिक्वलमा काम सुरु भएको छ। प्रियदर्शनको निर्देशनमा बनेको सन् २००७ को यो हिट फिल्मको सिक्वलमा अक्षय र विद्या भने हुने छैनन। फिल्ममा नयाँ कलाकारहरु हुनेछन् जसको घोषणा छिट्टै हुने भएको छ।

अहिले फिल्मको पटकथामा काम चलिरहेको छ। फिल्म टि-सीरीजले निर्माण गर्नेछ। र ‘हाउसफुल ४’ का निर्देशक फरहाद सामजीले यसलाई निर्देशन गर्नेछन्।।

सामजीले सिंबा, गोलमान, र सिंघम फिल्मको पटकथा लेखेका थिए।

‘भूल भुलैया’मा अक्षय कुमारले एक मनोचिकित्सकको भूमिका निभाएका थिए।