१५ बैशाख, काठमाडौं । रुकुममा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रुकुमको आठबिसकोट नगरपालिका छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जीप भेरी नदिमा खसेको हो ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका ८ का एक वर्षीय बालक सिर्जन बुढा र जाजरकोट सक्ला ६ का २४ वर्षीय कुमबहादुर बस्नेत रहेका छन् ।

बेपत्ताको खोजी भईरहेको रुकुमका प्रहरी प्रमुख डिएसपी अंगुर जिसीले जानकारी दिए । आठबिसकोट नगरपालिका छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको ग १ ज २०६ नम्रबरको जीप आज दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् ।

गाडी नदीमा खसेका कारण केही यात्रु नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ ।